• मंसिर ११ २०८१, मंगलवार

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख

पुष १६ २०७७, बिहीबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको बताएका छन् । आज विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

सभामुख सापकोटाले अहिलेको संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताए । त्यस्तै उनले सर्वोच्च अदालतमा पनि त्यहीअनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको पनि उनको भनाइ थियो ।

संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ। रिटमाथिको सुनुवाई प्रक्रिया जारी छ ।