• कार्तिक २७ २०८३, बिहीबार

भोजमा खाएको बंगुर र कुखुराको मासु खाएको नखाए झैँ बनाए साथीहरुले : मन्त्री महाबिर पुन

कार्तिक २७ २०८३, बिहीबार

काठमाडौं । तिहारमा भोज खाएको विषयमा सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले त्यसबारे प्रस्टीकरण दिएका छन् ।

साथीहरूसँग सामान्य भेटघाटका लागि भोज खाने सल्लाह गरेको विषयलाई अनावश्यक रूपमा टिप्पणी गरिएको उनको गुनासो छ । भोज आफ्नो डेरामा नभई मामाको बैठक कोठामा आयोजना गरिएको उनले जनाएका छन् ।

फेसबुकमार्फत दिएको जवाफमा मन्त्री पुनले भोजका लागि आफूले तीन किलो बंगुरको मासु, दुई किलो कुखुराको मासु, साग, धनियाँ, मुला र काँक्रा मात्रै किनेको र आवश्यक परिकार साथीहरूले नै पकाएको उल्लेख गरेका छन् । “साँच्चै, धरोधर्म मैले ढाँटेको होइन,” उनले फेसबुकमा लेखेका छन् ।

मन्त्री पुनसमेत सहभागी भएको उक्त ‘भोज’को भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सेयर भएसँगै टिकाटिप्पणी भइरहेको छ ।