मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
वृषTaurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
चिताएको कार्यसम्पादन गर्न सकिनेछ। वैदेशिक शिक्षालाई लिएर नयाँ मार्ग तर्फ सकारात्मक संकेत मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मिथुनGemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
चुनौती पन्छ्याउँदै रोकिएका कार्यसम्पादन गर्न सकिनेछ। आर्थिक प्रलोभन देखाउनेहरूसँग सजग रहनुहोला। खर्च लागे पनि महत्त्वपूर्ण कार्य सम्पादन गर्न सकिएला आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
कर्कटCancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। पहिला गरेको कामको रकम हात लागि हुनेछ। स्वास्थ्य सबल रहनेछ आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
सिंहLeo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। नोकरी वा पेशामा शंकालु मनले कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्याVirgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सानो प्रयासले कीर्तिमान कामको जग बसाउने सौभाग्य प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। गुरुजनहरूको साथले अप्ठ्यारो चुनौतीहरू पनि सजिलै सम्पादन गर्न सकिएला। आजको दिन नयाँ अवसर लिएर आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।तुलाLibra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। अध्यात्मतिर झुकाव अलि बढी रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिकScorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगितिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
धनुSagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
विद्यार्थीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। नयाँ अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गराउनमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
मकरCapricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भAquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागेपनि अरुको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।मीनPisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथी भाइहरूले राम्रो सहयोग दिनेछन्। अनलाइन लेनदेन होस् पुर्याएर गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।