काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहारको सार्वजनिक बिदामा बिन्दास मुडमा देखिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार आफ्नो फरक र रमाइलो रूप सार्वजनिक गरेका हुन् ।
तिहारको उल्लाससँगै सार्वजनिक बिदाको फुर्सदिलो समय बिताइरहेका बालेनले फेसबुकमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन् । तस्बिरमा उनी कालो पहिरन, कालो चस्मा र हल्का फुलेको दाह्रीमा देखिन्छन् । एक हातले कपाल सुम्सुम्याउँदै क्यामेरातिर हेरेको उनको हाउभाउले उनको बिन्दास शैली झल्काउँछ ।
उनले तस्बिरसँगै ‘लुसिफर’ गीतको संगीतसमेत राखेका छन् ।विगतमा उनी लुसिफर भन्दै कतिपयले टिप्पणी समेत गरेका थिए । तर उनले स्टाटसमा न कुनै औपचारिक सन्देश छ न कुनै राजनीतिक टिप्पणी । केवल एउटा तस्बिर र पृष्ठभूमिमा बजिरहेको गीत छ र त्यसमा मुस्कानसहितको इमेोजी राखेका छन् ।
सामाजिक सञ्जालमा बेलाबेला आफ्ना फरक शैलीका तस्बिर तथा पोस्टमार्फत रमाइलो समेत गर्ने गरेका बालेन यसपटक पनि त्यस्तै देखिए ।