• कार्तिक २२ २०८३, शनिबार

आईजीपी हटाउँदा भएको अन्यायमा सर्वोच्चले न्याय दिने विश्वास छ : प्रचण्ड

कार्तिक २२ २०८३, शनिबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर सरकारले अन्याय गरेको बताउँदै सर्वोच्चले न्याय दिने बताएका हुन् ।

‘आईजीपीको विषय सर्वोच्च गएको छ । मलाई विश्वास छ, आईजीपीमाथि अन्याय भएको छ । सर्वोच्चले न्याय गर्छ भन्ने मेरो विश्वास छ,’ प्रचण्डले भने ।

प्रचण्डले सरकारविरुद्ध आन्दोलनको तयारीका विषयमा अन्य दलसँग कुराकानी भइरहेको बताए ।

‘छलफल चलिराखेको छ, पार्टीहरूसँग पनि । हामी अहिले राष्ट्रिय जागरण अभियानमा छौं,’ उनले भने, ‘त्यो अभियान सकिएपछि मात्रै त्यसको समीक्षा गरेर अनि अगाडिको योजना बनाउँछौं ।’