फूल जस्तै, तिमीसँग पनि
केही प्रीतिकर शब्द थिए होलान्
सोच थिए होलान् , मधुर आवाज थिए होलान्
तिमीले मौन रहन, कति संघर्ष गरेउ होला ….!
तिम्रो मौनतासँगै
शब्द छुटे, सोच छुटे
मधुर आवाज छुटे
बाँकी रहे, केवल-स्वप्निल अहसास
जसले पल-प्रतिपल मृत्युको आभास दिलाउँछ।
✍️- उमकान्त पोखरेल