काठमाडौं । साउदी अरेबियास्थित नेपाली दूतावासले पाँचबुँदे आग्रह सार्वजनिक गरेको छ । दूतावासले सोमबार (कात्तिक ७) यस्तो आग्रह गरेको छ ।
“साउदी अरेबियाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै साउदी अरेबियामा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई” दूतावासले यस्तो आग्रह गरेको हो ।
दूतावासले सतर्क रहन, आधिकारिक निर्देशनहरू पालना गर्न, अपुष्ट जानकारी नफैल्याउन, यात्रा गर्दा सावधानी अपनाउन र दूतावासमा सम्पर्क गर्न भनेको छ ।