काठमाडौं l काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ११५ सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना,सीसीटीभीबाट पहिचान भएका, ५ जना र रातो बत्ती उल्लङ्घन गर्ने ४ जना रहेका छन्। त्यस्तै, अन्य कसुरमा २७ जना कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले लेन अनुशासन उल्लङ्घन, तीव्र गति, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने, एकतर्फी सडकमा नियम उल्लङ्घन गर्नेविरुद्ध कडा निगरानी तथा कारवाही अभियानलाई तीव्र पारेको छ।