काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन भइरहेको प्रयासलाई राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी छिन् ।
अध्यक्ष को तस्बिर राख्दै लामो फेसबुक स्ट्याटस लेखेर झाँक्रीले कुनै दिन आफैलाई कसैको हात चाहिने र कुनै दिन आफैलाई बाटो देखाउने, र म छु भन्ने मानिस चाहिने बताएकी छन् ।
साथै उनले ओलीको खुट्टा तान्दा अरू पनि हिलोमा गाडिने बताएकी साङ्केतिक चेतावनी दिएकी छिन् । ‘त्यस्तो बेला कसैको खुट्टा तान्नु भनेको आफू पनि डुबिरहेको खाल्डो अझ गहिरो बनाउनु हो । कसैलाई ढुङ्गा हान्नु भनेको आफू उभिएको किनार पनि भत्काउनु हो । बेसहारा हुनु हो’, झाँक्रीले भनेकी छन् ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे एमालेभित्र भइरहेको विवाद र ओली हटाउने प्रयासप्रति झाँक्रीले असन्तुष्टि जनाएकी हुन् ।