• आश्विन २ २०८३, शुक्रबार

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो, यातायात एकतर्फी लेदो पन्छाउने काम जारी

आश्विन २ २०८३, शुक्रबार

चितवन ।  मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ।

शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधन रोकिएका सडक डिभिजन भरतपुरले जनाएको छ । अहिले लेदो पन्छाउने काम भइरहेको र करिब डेढ घण्टाभित्र सडक दुईतर्फी नै सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।

गन्तव्यतर्फ लागेका सवारी साधन सडकमै रोकिएकाले यात्रा गर्दा सावधानी अपनाउन र धैर्य गर्न प्रहरीले आग्रह गरेको छ।