• भाद्र ३१ २०८३, बुधबार

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस भित्र चार जनाको शव फेला

भाद्र ३१ २०८३, बुधबार

काठमाडौं। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ।
आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी तथा उद्धार गर्ने क्रममा ती शवहरू भेटिएका हुन्।

गत भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

बाढी आए यता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारहरूको निरन्तर खोजी कार्य जारी राखिएको थियो।

फेला परेका शवहरूको पहिचान खुल्न बाँकी रहेको छ। हाल सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूले शवको सनाखत तथा अन्य आवश्यक कानुनी प्रक्रियाहरू अघि बढाइरहेका छन्।