काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर फर्किँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनी सिंहदरवारको गेटबाटै पक्राउ परेका हुन्।
वाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सोमबार प्रधानमन्त्री शाहले बोलाएको बैठकमा सहभागी थिए।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए । सोही छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बैंकिङ कसूरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ।