• भाद्र ६ २०८३, शनिबार

गरिमालाई न्यायको माग गर्दै शान्तिवाटिकामा महिलाहरूकाे प्रदर्शन

भाद्र ६ २०८३, शनिबार

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै आज काठमाडाैंकाे शान्तिवाटिकामा विराेध प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले गरिमाको न्यायका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन्।
उनीहरूले यस घटनालाई गृहमन्त्री र कानुनमन्त्रीले तत्काल सम्बोधन गर्नुपर्ने मागसमेत गरेका छन् ।