• श्रावण २९ २०८३, शुक्रबार

रोल्पाको सुनछहरीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, एक जना बेपत्ता

श्रावण २९ २०८३, शुक्रबार

काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिका–२ मा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सुनछहरी गाँउपालिका–२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिएको हो ।

घरमा रहेका ७७ वर्षीय वीरबहादुर घर्ती मगर, ६८ वर्षीया शनि घर्ती मगर र ७० वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त घरमा अन्दाजी ७० वर्षका वीरबहादुर घर्तीमगर, उनकी श्रीमती अन्दाजी ६५ वर्षीय शनी घर्तीमगर र लली घर्तीमगर बसेका थिए । ललीको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

त्यस्तै सुनछहरी-२ कै गिछ्या भन्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले परेको छ । पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए ।

बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ  l यसअघि रोल्पाकै थबाङमा पहिरो जाँदा १० जनाको मृत्यु भएको थियो । त्यहाँ पनि तीन जना अझै बेपत्ता छन् ।