काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका पीडितहरुले वास्तविक न्यायको अनुभूति गर्न नपाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले २३ र २४ भदौको निष्पक्ष छानबीनबाट मात्रै पीडितहरुले वास्तविक न्याय पाउने उल्लेख गरेका छन् ।
‘भाद्र २३ र २४ गतेका घटनाहरुको निष्पक्ष र उच्च स्तरीय न्यायिक छानबीन अपरिहार्य छ– जुन ढिलोचाँडो हुने नै छ । त्यतिबो मा पीडितहरुले वास्तविक न्यायको अनुभूति गर्न पाउँछन्’, उनले लेखेका छन् ।
देशमा गैरजेन्जीहरुको हुकुम चलिरहेको पनि पोखरेलले लेखेका छन् । ‘यस्तो अवस्थामा उनीहरुबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ’, उनले लेखेका छन् ।
उनले जेनजी आन्दोलनमा षडयन्त्र भएको हुन सक्ने एमालेको पुरानै दावीहरु पनि स्टाटसलमा लेखेका छन् ।