काठमाडौँ । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका(२४ बहुअरी चोकस्थित हुलाकी सडक–खण्डमा ग्याँस ट्यांकरले ई(रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई(रिक्सामा सवार ९ जना घाइते भएका छन् ।
बुधबार राति करिब ८स्०० बजे पावर हाउसतर्फबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई(रिक्सालाई सोही दिशाबाट आउँदै गरेको आर जे १४ जी ई ८७१० नम्बरको ग्याँस ट्यांकरले पछाडिबाट ठक्कर दिएर फरार भएको थियो ।
दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेहरूलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा लागि उपचार भइरहेको छ ।
दुर्घटनापछि फरार भएको ग्याँस ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको छ । चालक देश भारत, मुजफ्फरपुर जिल्ला साहेबगञ्जका अन्दाजी ४८ वर्षीय धनेश्वर राय रहेका छन् । चालकले मादक पदार्थ समेत सेवन गरेको स्वास्थ्य परीक्षण पश्चात् खुल्न आएको छ ।