• श्रावण १४ २०८३, बिहीबार

एमाले सांसद अर्यालकाे प्रश्न : ‘लोकसेवा बन्द गरेर बौद्धिक नागरिक नेपालमा नबसुन् भन्न खाेजेकाे हो ?’

श्रावण १४ २०८३, बिहीबार

काठमाडौं । नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले बन्द गरेकाे लोकसेवा खोल्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सचिव अर्यालले सरकारले लोकसेवा बन्द गरेको भन्दै तत्काल खोल्न माग गरेकी हुन् ।

उनले भनिन्,- ‘के यो देशका दक्ष नागरिक, यो देशका बौद्धिक नागरिक यो नेपालमा नबसुन् भन्ने सरकारको आशय हो ? सरकार युवामैत्री सरकार भन्छ, युवाको रोजगारको कुरा गर्छ, प्रतिभाको सम्मानको कुरा गर्छ । तर, आज प्रतिभा भएका युवालाई खुल्ला प्रतिस्पर्धाको ढोका बन्द गरेर भविष्यलाई अन्योल बनाइदिन्छ ।’

सचिव अर्यालले युवा विद्यार्थीले लोकसेवाको परीक्षा दिनको लागि तयारी गरिरहँदा सरकारले अचानक बन्द गरेको भन्दै शीघ्र खोल्न माग गरेकी छिन्।