काठमाडौं । बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् ।
कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् ।
उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।