काठमाडौँ। राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ ।
‘नाम ठेगाना खुलेको छैन, एसपी भट्टराईले भने, ‘उनले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’