काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा ६,१४५ राष्ट्रसेवक कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ ।
बालेन शाह नेतृत्वको सरकारका १०० दिनका उपलब्धीबारे जानकारी गराउँदै शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले यस अवधिमा ७८७ वटा कार्यालय र आयोजनाहरुको अनुगमन र निरीक्षण गरिएको जानकारी दिँदै ६१४५ राष्ट्रसेवक कर्मचारीमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको जानकारी दिएका छन् ।
उनले सरकारको मुख्य प्राथमिकता सुशासन भएको बताउँदै यसअवधिमा सात वटा मुद्दा दर्ता भएको र १०१ व्यक्ति संस्थाप्रति प्रतिवादी र ११८ अर्ब विगोदावी गरेर प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।