• जेष्ठ २८ २०८३, बिहीबार

आज २०८३ जेठ २८ गते बिहिबार: यस्तो छ तपाईंको राशिफल

जेष्ठ २८ २०८३, बिहीबार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षमताको सही उपयोग गर्न सकिनेछ। आर्थिक पक्षमा सन्तोषजनक अवस्था रहनेछ। मेहनतले राम्रो प्रतिफल दिनेछ। मनमा भरोसा बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। गर्न नसक्ने वाचा नगरौँ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सक्नुहुनेछ। व्यापार लगायत आर्थिक लाभ हुने योजनाहरू कार्यान्वित गर्न सक्नुहुनेछ। शत्रुहरू आफै किनारा लाग्नेछन्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। युवा वर्गहरूको नयाँ कार्यतर्फ रुचि बढ्नेछ। भौतिक संसाधन प्राप्तिका योग छन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकका व्यक्तिसँग समय बिताउने अवसर मिल्नेछ। सम्बन्धमा रहेको दूरी हट्दै जानेछ र आत्मीयता बढ्नेछ। परिवारको साथले मन बलियो बन्नेछ। दिन सुखद रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो वातावरणमा समय बित्नेछ। आफूभित्र लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। सिर्जनात्मक काममा राम्रो नतिजा देखिनेछ। मन प्रसन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारमा फाइदा हुनेछ। लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ। शरीरमा कमजोरी अनुभूति हुनेछ। आहारविहारमा सजग रहनुहोला। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारको जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। लोकाचारको पछि लाग्दा धन खर्चमा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय तालिका नमिल्दा योजनाहरू अधुरो रहलान्। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। विद्यार्थीहरूलाई अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सकारात्मक ऊर्जाले मनोबल उच्च रहनेछ। सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। आवेगमा आएर कुनै पनि कार्य नगर्नु नै उत्तम रहेको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साना कामले पनि ठूलो महत्व राख्नेछन्। समयको सही व्यवस्थापनले धेरै काम सम्पन्न हुनेछन्। स्वास्थ्य र आरामतर्फ ध्यान दिनु उपयुक्त हुनेछ। नियमितताले फाइदा दिलाउनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरपरिवारसँग सम्बन्धित काममा व्यस्तता बढ्न सक्छ। पुरानो योजना पुनः अघि बढ्ने संकेत देखिनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। दिन सहज रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।