• जेष्ठ २१ २०८३, बिहीबार

ठगी मुद्दामा टिकटकर तुलसी अधिकारीको बयान आज पनि

जेष्ठ २० २०८३, बुधबार

काठमाडौँ । टिकटकर तुलसी अधिकारीको बयान आज पनि ललितपुर जिल्ला अदालतमा लिइँदै छ । अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान पुरा भएमा आजै थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले आदेश जारी गर्नेछ । अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर शनिबार राति काठमाडौँ ल्याइएको थियो ।

अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।