• जेष्ठ ८ २०८३, शुक्रबार

टी-२० क्रिकेट : घरेलु मैदानमै मलेसिया नेपालसित पराजित

जेष्ठ ८ २०८३, शुक्रबार

काठमाडाैं । नेपाली महिला टोलीले मलेसियासँगको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ। मलेसियाकाे बायोमास ओभलमा शुक्रबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमै मलेसियालाई ७ विकेटले पराजित गरेकाे हाे।

मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले नटआउट ३९ रन बनाइन् । मलेसियाका नुर दानिया सुहादा, आइस्या इलेसा फिरदौज र आइन्ना हमिजाह हशिमले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनायो । मलेसियाकी आइन्ना हमिजाह हशिमले १७ रन बनाइन् ।

पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो । एसीसी महिला प्रिमियर कप र २०औं एशियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि नेपालले मलेशियासँग टी–२० शृङ्खला खेलेको हो ।