काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
त्यस्तै जेठ १५ गते गणतन्त्र दिवसको विदा छ भने त्यसपछि शनिबार र आइतबार दुई दिन लगातार सार्वजनिक विदा छ। योसँगै चार दिन सार्वजनिक विदा हुने भएको हो।