काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गाेल्छा काठमाडाैंकाे नक्सालबाट पक्राउ परेका छन् ।
हिमालयन रि–इन्स्योरेन्स प्रकरणमा विवादमा रहेका गोल्छालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।
हिमालयन रि–इन्स्योरेन्सको शेखर खरिद तथा बदमासीको अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईका पूर्वअध्यक्ष समेत रहेका गोल्छा रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष हुन् ।