• बैशाख १२ २०८३, शनिबार

कांग्रेस विभाजनकाे डिलमा, खड्काले बाेलाए आफू पक्षीय सदस्यहरूको बैठक

बैशाख ५ २०८३, शनिबार

काठमाडौँ । सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय सदस्यहरूको बैठक बोलाएका छन्।
आइतबार मध्यान्ह १२ बजे बस्ने गरी धुम्बाराहीस्थित स्मार्ट होटलमा खड्काले निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।

खड्काले शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए ।

त्यो छलफलपछि निवर्तमान केन्द्रीय समितिका सदस्यहरूको बैठक बोलाउने निष्कर्षमा खड्का पुगेका हुन् ।

बैठकमा पार्टीमै बसेर १५ औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।