• बैशाख १२ २०८३, शनिबार

सिंहदरबारमा अनावश्यक भिडभाड गर्न नजान कार्यकर्तालाई रास्वपाकाे निर्देशन

चैत्र २७ २०८२, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता, कार्यकर्ता, सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक भिडभाड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

‘अनावश्यक रूपमा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा नेता, कार्यकर्ता, केन्द्रीय सदस्य र सांसदहरूलाई भिड नगर्नु भन्ने निर्देशन छ’, प्रवक्ता झाले बैठकपछि भने।

साथै, आजैदेखि पार्टीको केन्द्रीय कार्यालयमा जनसम्पर्कका लागि दैनिक एक जना केन्द्रीय सदस्य र एक जना सांसद अनिवार्य उपस्थित हुने ‘क्यालेन्डर’ सुरु गरिएको छ ।

संसद्को २० दिने ‘सेसन ब्रेक’ सुरु हुन लागेकाले यस अवधिमा सांसदहरूलाई जिल्ला समन्वय र साङ्गठनिक सुदृढीकरणमा लाग्न समेत आग्रह गरिएको छ ।