• बैशाख १२ २०८३, शनिबार

इरानलाई सैन्य सहयाेग गर्ने देशमाथि ५० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पकाे धम्की

चैत्र २५ २०८२, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सैन्य सहायता गर्ने देशमा ५० प्रतिशत ट्यारिफ लगाउने बताएका छन् ।

इरानसँग युद्धविराम सम्झौतापछि बुधबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति दिँदै ट्रम्पले इरानका सहयोगी देशलाई यस्तो धम्की दिएका हुन् ।

इरानलाई सैन्य हतियार आपूर्ति गर्ने देशलाई अमेरिकामा बेचिनेवाला सबै सामानमा ५० प्रतिशत ट्यारिफको सामना गर्नुपर्नेछ,’ ट्रम्पले लेखेका छन्, ‘यो तुरुन्तै लागु हुनेछ । यसमा कुनै छुट दिइने छैन ।’

रूस, चीन र उत्तरकारियाप्रति लक्षित गर्दै उनले यस्ताे बताएका हुन् ।