काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत गरेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको बताइन् ।
‘मूल्य समायोजनको बाध्यता छ । सरकारले यो तथ्य लुकाउँदैन, पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ,’ मन्त्री रावलले भनिन् ।
सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । मन्त्री रावलका उनका अनुसार, सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।
‘पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ उनले भनिन् ।