काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजन समितिको बैठक जारी छ ।
पार्टीको केन्द्रीय कार्यालय पेसिडाँडामा जारी बैठकमा चुनावी नतिजा, संगठनको सक्रियता लगायतका विषयमा छलफल भइरहेको नेता वर्षमान पुनले जानकारी दिए ।
बैठकमा फागुन २१ गते सम्पन्न चुनावी नतिजालाई लिएर समीक्षा भइरहेको उनले बताए । चुनावमा प्रत्यक्षतर्फ आठ सिटमा मात्र जित हासिल गरेको नेकपाले नतिजा आफ्नो पक्षमा नआउनुको कारणलगायत विषयमा चैत १९ गते नै छलफल सुरु गरेको छ ।
चैत्र १९ गते बैठक सुरु भए पनि प्रतिनिधिसभाको पहिलो बैठक परेपछि कुनै छलफल नै हुन नसकेको नेता पुनले बताए ।
उनका अनुसार, बैठकमा कमजोर चुनावी नतिजाबारे छलफल गरेर सोहीअनुसार पार्टी अघि बढ्ने छ ।