काठमाडौं । स्थानीय बजारमा यो साता सुनको मूल्य १३ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार, गत शुक्रबार (चैत १३) सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ थियो । शुक्रबार (चैत २०) दुई लाख ९४ हजार तोकिएको छ ।
महासंघका अनुसार, आइतबार (चैत १५) दुई लाख ८६ हजारमा कारोबार भयो । सोमबार दुई लाख ८३ हजार ५००, मंगलबार दुई लाख ९० हजार २०० र बुधबार दुई लाख ९७ हजार ६०० मा कारोबार भएको थियो ।
साथै, बिहीबार/शुक्रबार दुवै दिन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भयो ।