काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उनी एमाले उपाध्यक्षसमेत हुन् ।
दलको नेता छान्न बुधबार (चैत १८) मा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बसेको थियो ।
बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट बादल निर्विरोध भएका हुन् ।
एमालेको संसदीय दलको बैठकमा प्रनिधिसभा सदस्य सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए ।
उमेदवारी दर्ताका लागि उनले समर्थक र प्रस्तावक नै नपाएको बताइएको छ ।
नेकपा एमाले संघीय संसदीय दलको विधान २०७७ दफा ६ अनुसार संसदीय दलको नेता चयन गरिएको निर्वाचन अधिकृत नीरज आचार्यले जानकारी दिए ।
संसदीय दलका नेतामा प्रतिनिधिसभा सदस्य बादलको मात्र एकल उमेदवारी परेको पनि उनले बताए ।