काठमाडौं । इरानविरूद्धको युद्धमा आफूलाई सहयोग नगर्ने मित्र राष्ट्रप्रति ट्रम्प आक्रोशित बनेका छन् । बेलायत स्पेन लगायतका राष्ट्रसँग ट्रम्प आक्रोशित बनेका हुन् ।
उनीहरूलाई अमेरिकाले कुनै पनि सहयोग नगर्ने चेतावनी उनले दिएका छन् । ”अब तिमीहरू आफैले आफ्ना लागि लड्न सिक्नुपर्छ । अमेरिकाले तिमीहरूलाई कुनै सहयोग गर्नेछैन । स्ट्रेट अफ होर्मुजबाट आफै तेल ल्याउनू,” उनले ट्रुथमा भनेका छन् ।
स्पेनले इराविरुद्धको युद्धमा प्रयोग हुने अमेरिकी विमानका लागि हवाई क्षेत्र प्रतिबन्ध लगाएको छ । बेलायतले पनि आफ्ना जेटलाई इन्धन भर्न असहयोग गरेको भन्दै ट्रम्पले आक्रोश पोखेका हुन् ।
स्ट्रेट अफ होर्मुजको निर्वाचन सञ्चालन नभए इरानी ऊर्जा केन्द्रमा भीषण हमला गर्ने चेतावनी अमेरिकाले दिइरहेको छ । इरानविरूद्ध लड्नका लागि स्थल सेना पठाउने तयारीमा समेत अमेरिका छ ।