काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले संविधान संशोधनको बहसपत्र बनाउने जिम्मेवारी दिएका असिम शाह राजतन्त्रसँग सकारात्मक भएको देखिएको छ । पाँच वर्षअगाडि सामाजिक सञ्जालमा शाहले लेखेका थिए, ‘सुध्रिने मौका अब राजालाई दिनुपर्छ । राजा आऊ देश बचाउ ।’
यसअगाडिको संसदमा शाह मुस्लिम कोटाबाट रास्वपाबाट समानुपातिक सांसद थिए । शाहको नेतृत्वमा बनेको संविधान संशोधनको बहसपत्र तयार गर्ने समूहले विभिन्न दलसँग छलफल गरेर संविधान संशोधनको तयारी गर्ने बताइएको छ ।