• बैशाख १२ २०८३, शनिबार

गलत कागजपत्र पेश गरेकाे अभियाेगमा सन नेपाल लाइफ इन्स्याेरेन्सका सीईओ अर्याल पक्राउ

चैत्र १६ २०८२, सोमबार

कठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सन् नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ ।

सीआईबीका प्रमुख एआईजी प्रमुख मनोज केसीले अर्याल पक्राउ परेको पुष्टि गर्दै सेयर बाँडफाँटको विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्टयाएको सेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको कागजात पेस गर्दा गलत दिएको आरोप उनीमाथि रहेको छ ।

फरक फरक निकायमा फरक फरक तरिकाले विवरण पेस गरेको देखिन आएको हुँदा धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा समेत गम्भीर त्रुटि देखिएको प्रहरीले जनाएको छ ।
अर्याललाई आजै काठमाडौंको पुतलीसडकबाट पक्राउ गरिएको जनाएको छ ।