• बैशाख १२ २०८३, शनिबार

प्रधानमन्त्री साहले गरे मन्त्रिपरिषद् विस्तार, मन्त्रीहरूकाे नामसहित

चैत्र १३ २०८२, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रधानमन्त्रीले सिफारिस गरेका मन्त्रीहरूले शितल निवासमा शपथ ग्रहण गरेका हुन्। रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको थियो।

राष्ट्रपति कार्यालयका अनुसार रास्वपा स्रोतका अनुसार अर्थमन्त्री उपसभापति डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधारमा सुनिल लम्साल, उर्जामा विराजभक्त श्रेष्ठ, पर्यटनमा खड्गराज गणेश पौडेल, शिक्षामा सस्मित पोखरेल, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, सामान्य प्रशासनमा प्रतिभा रावल, सञ्‍चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, श्रममा दीपक शाह मन्त्री बनेका छन्।