काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा इरानको होर्मुज जलक्षेत्रबाट एक नेपाली नागरिकलाई त्यहाँका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धका क्रममा यूएईमा समेत मिसाइल र ड्रोन आक्रमण गरिएको छ । इरानको उक्त आक्रमणका क्रममा खसेका ड्रोन र मिसाइलका फोटो/भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका एक नेपालीलाई पक्राउ गरिएको हो ।
यस्ता गतिविधिमा संलग्नलाई इरानले निगरानीमा राखेको र कडा सजाय हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार (चैत ६) आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतिबन्धित सामग्री सेयर नगर्न उनले सबैलाई आग्रह समेत गरे ।