काठमाडौं । देशका केही स्थानमा आज (चैत ६) हावाहुरीको पूर्वानुमान छ । मधेसहित कोसी र लुम्बिनी प्रदेशको तराई भूभागमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“आज चैत्र ०६ गते (शुक्रबार) मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरी (करिब ५०–६० किमि/घण्टा) चल्ने सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावितको जोखिम हुने महाशाखाले जनाएको छ ।
“त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ,” महशाखाको सूचनामा उल्लेख छ ।
महाशाखाबाट यो प्रणालीको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अध्यावधिक गरिने जनाइएको छ ।