• बैशाख १२ २०८३, शनिबार

काठमाडाैंमा हावाहुरीसहित वर्षाकाे सुरूवात

चैत्र १ २०८२, आईतवार

काठमाडौं । देशका केही स्थानमा यति बेला (आइतबार मध्याह्न १२ः२० बजे) पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा सुरु भएको छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज वर्षा पश्चिमी भूभागबाट सुरु भएको थियो । “यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ,” विभागले भनेको छ ।