• फाल्गुन २३ २०८२, शनिबार

गोर्खा एकका उमेदवार डाक्टर जीत घलेका दश प्रतिवद्दता

फाल्गुन २० २०८२, बुधबार

गोर्खा l प्रतिनिधि सभाको चुनाव नजिकिदै गर्दा गोर्खा एकमा संयुक्त नागरिक पार्टीका उमेदवार डाक्टर जीतबहादुर घलेले पनि आफ्ना चुनावी प्रतिवद्दताहरु सार्वजनिक गरेका छन् l

डा घलेले स्थानीय जनताको आवस्यकताहरुलाई विभिन्न मुद्दाको रुपमा उजागर गरि प्रतिवद्दता सार्वजनिक गरेका छन् l उनले सार्वजनिक गरेका प्रतिवद्दताहरुलाई निम्न अनुसार प्रकाशन गरिएको छ l

मेरो प्रतिबद्द्ता :

१. स्थानीय ब्यक्तिले स्थानीय समस्या बुझ्ने भएकोले, मैले गोरखाका १ काे सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी , खानेपानी जस्ता वास्तबिक समस्याहरु नजिकबाट बुझेको छु र समस्या समाधान ब्यवहारिक र प्रभाबकारी रुपमा गर्न सक्छु ।

२.गोरखामा परम्परागत दलहरुले जनताका वास्तविक आवाज उठाउन नचाहेका, नसकेका र बिभिन्न सेवाहरुबाट बञ्चित पारिएका कारणले एउटा इमानदार,असल र सेवक जनप्रतिनिधिकाे खाँचो महशुस गरि मेरो उम्मेद्वारी रहेकाे छ ।

३.आस्था, अस्तित्व र पहिचानकाे संरक्षण गरि प्रकृति, सस्कृति, भाषा, लिपी, धर्म र ऐतिहासिक मौलिकता जोगाउन बढी सम्वेनदनशील भई काम सम्पन्न गर्ने मेरो प्रतिबद्धता रहेकाे छ ।

४. आजका दिनसम्म भईरहेका भ्रष्टटाचार, असुरक्षा, बेरोजगारी , स्वार्थ राजनीति, पर्यटन बिकासमा राजनीतिक भागबन्डा, बिकासका योजनाहरु अलपत्र, युवाहरु विदेश पलायन, समग्र युवाहरुको सीप खेर, महिला र सीमान्तकृत वर्ग, अल्पसंख्यक धार्मिक , जाति र सामुदायको समस्याहरुलाई समाधान गर्दै युवा तथा आमनागरिकको जीवनस्तर सुधार र परिवर्तन गर्न ।

५. वैकल्पि राजनीतिका लागि नयाँ सोचको आवाश्यकता महसुस गरि संयुक्त नागरिक पार्टी स्थापना गरिएको हो । जसले पुरानो शैलीको राजनीति भन्दा फरक विचार, सिद्धान्त, सोच, नीति र भिजन बाेकेकाे छ र नागरिक केन्द्रीत द्दृष्टीकोण राखेकाे छ । त्यसैले गोरखामा यी विकल्प स्थापित गर्न मेरो उम्मेद्वारी रहेकाे छ ।

६. महिला सशक्तिकरण, सीप विकास, महिला उद्यमशीलता तालिम तथा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिने छ ।

७. भविष्यमा प्रत्येक बालबालिकाले मर्यादित जीवनयापनको अवसर प्राप्त गर्न सकून् भनी प्रत्येक बालबालिकाको जन्म दर्ता गरेसंगै उनीहरुको नाममा बाल बचत खाता खोलिने छ र राज्यका तर्फबाट वार्षिक रुपमा रु. १०,०००/- (दश हजार) बचत गरीदिएर जीवन बीमा गरिदिने नीति ल्याईने छ ।

८. सरकारी तथा निजी शैक्षिक संस्थाहरुको व्यापक सुधार गरि व्यवसायिक तथा वैज्ञानिक शिक्षा प्रणाली लागू गरिने छ । साथै कुनै पनि बालबालिका शिक्षा लिनबाट बञ्चित हुने अवस्थाकाे अन्त्य गरिने छ ।

९. सामाजिक, साँस्कृतिक, जातीय, धार्मिक, लैङ्गिक आदिका आधारमा हुने सबैखाले विभेदको अन्त्य गरिने छ ।

१०. युवाहरुलाई स्वराेजगार बनाउन साना तथा मझाैला उद्याेगहरु खाेलिने छ । कृषि, पशुपालन, पर्यटन विकासका लागि उचित याेजनाहरु तर्जुमा गरिने छ ।

जय नागरिक ! अभिवादन !

धन्यवाद ।

डा.जीतबहदुर घले

प्रत्यक्ष उम्मेद्वार,गोरखा क्षेत्र न १

सम्पर्क न ९८५१०८७७८९