• फाल्गुन २३ २०८२, शनिबार

याैन दुराचारकाे अभियाेगमा गुम्ने भयाे बेलायतका राजाका भाइकाे पद

फाल्गुन ९ २०८२, शनिबार

काठमाडौं । बेलायत सरकारले राजाका भाइ एन्ड्रयू माउन्टब्याटेन–विन्डसरलाई शाही उत्तराधिकारीको रोलक्रमबाट हटाउन कानुन ल्याउने तयारी गरिरहेको छ ।
रक्षामन्त्री ल्यूक पोलार्डले बीबीसीसँग प्रहरी अनुसन्धानको नतिजा जे भए पनि एन्ड्रयूलाई राजा बन्नबाट रोक्नु सही कार्य हुने बताएका छन् ।

बाल यौनदुराचारी फाइनान्सर जेफ्री एप्स्टिनसँगको सम्बन्धलाई लिएर बढेको दबाबबीच गत अक्टोबरमा राजकुमारलगायत पदवीहरू खोसिए पनि राजाका भाइ एन्ड्रयू हाल राजगद्दीको उत्तराधिकारको सूचीमा आठौँ स्थानमा छन् ।

बिहीबार साँझ सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा पक्राउ परेका एन्ड्रयू ११ घण्टापछि अनुसन्धानकै दायरामा रहने गरी रिहा गरिएका थिए । उनले कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन् ।

पोलार्डले पूर्वराजकुमार गद्दीको नजिक पुग्न सक्ने अवस्थालाई रोक्ने योजनामा सरकारले बकिंघम प्यालेससँग सहकार्य गरिरहेको पुष्टि गरे ।

उनले भने, “यो यस्तो विषय हो, जसमा सबै दलहरूको समर्थन प्राप्त हुने अपेक्षा छ । तर, यो कार्य प्रहरी अनुसन्धान सकिएपछि मात्र हुनु उचित हुन्छ ।”
शनिबार, नम्बर प्लेट नभएका धेरैवटा सरकारी प्रहरी गाडीहरू रोयल लजमा प्रवेश गरेको देखिएको थियो । विन्डसरस्थित ३० कोठे यो संरचनामा एन्ड्रयू धेरै वर्षदेखि बस्दै आएका छन् ।

शुक्रबार उक्त घरमा २० भन्दा बढी सवारीसाधन पार्क गरिएको देखिएको थियो । यद्यपि, ती सबै अनुसन्धान र खानतलासीसँग सम्बन्धित थिए वा थिएनन् भन्ने स्पष्ट छैन । बीबीसी