• फाल्गुन २३ २०८२, शनिबार

प्रचण्ड र भुसालले गरे रूकुमका शहीद परिवारलाई सम्मान

फाल्गुन १ २०८२, शुक्रबार

बुटवल  । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाकी नेतृ पम्फा भुसालले शुक्रबार शहीद परिवारलाई सम्मान गरेका छन् ।

आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवार समेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३१औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा जनयुद्धमा शहीद तथा बेपत्ता भएका २ सय ५२ जनाका परिवारलाई सम्मान गरेका हुन् ।

रुकुम जनयुद्ध र शान्ति प्रक्रियाको शुभारम्भ भएको तथा जनयुद्धका क्रममा विभिन्न महत्वपूर्ण निर्णय लिने बैठकहरू भएको स्थान हो । यस ठाउँलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाकाका रूपमा समेत लिएको छ ।