• फाल्गुन २३ २०८२, शनिबार

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

माघ २८ २०८२, बुधबार

काठमाडौं । राष्ट्रियसभाबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पेस गरेको चलचित्र विधेयकलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

त्यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल समेत भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितका सभापति तुलसा कुमारी दाहालले समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले यस अवधिमा आफूले गरेका काम र अनुभव राखेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक फागुन १ गते शुक्रबार बस्नेछ ।