• फाल्गुन २३ २०८२, शनिबार

आयुष मगरको ‘कान्छी’ मा बढ्यो दर्शकको आकर्षण, बढ्याे भ्यूजकाे ग्राफ

माघ २६ २०८२, सोमबार

काठमाडौं । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ ।

यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजाने छु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन् ।

ती सफल गीतहरूपछि सार्वजनिक भएको ‘कान्छी’ले पनि राम्रो चर्चा बटुलिरहेको छ । गीतको शब्द टेकेश भण्डारीले लेखेका हुन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीतमा आयुष मगरकै स्वर र संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा आयुष मगर र भगिशा मगर मुख्य भूमिकामा देखिएका छन् । साथै भिडियोमा गोविन्द राई, विवेक रोका, कमल बुढाथोकी, सन्तोष बुढामगर, सरोज बुढामगर र विजय बुढामगरको समेत अभिनय रहेको छ ।

भिडियोको नृत्य निर्देशन तथा पटकथा गोविन्द राईले सम्हालेका छन् । छायांकन तथा निर्माण एनवाइसी नेपाली लाइफ स्टाइल प्रोडक्सनको ब्यानरमा सम्पन्न गरिएको हो । भिडियोको सम्पादन तथा रङ संयोजन बिजेश पौडेलले गरेका छन् भने पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको छ ।

सांगीतिक रूपमा लोक–आधुनिक स्वाद मिसिएको ‘कान्छी’ले प्रेमभाव र नेपालीपनलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।

गायक मगरको युट्युव च्यानल आयुष मगर मार्फत सार्वजनिक गरिएको यस गीतले आयुष मगरको सांगीतिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्ने विश्वास गरिएको छ ।