• फाल्गुन २४ २०८२, आईतवार

अनसनरत डा. भुसालसँग गृहमन्त्रीको भेट, अनसन तोड्न आग्रह

पुष १७ २०८२, बिहीबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा. निकोलस भुसालसँग भेट गरेका छन् । आफ्ना विभिन्न माग राखेर काठमाडौँको माइतीघरमा अनसन बसेका भुसालको स्वास्थ्यमा समस्या भएपछि बुधबार वीर अस्पताल लागिएको थियो ।

गृहमन्त्री अर्यालले गएराती वीर अस्पताल पुगेर भुसाललाई भेट गर्दै उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाएका थिए ।

उनले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् । भुसालको अनसनको आज १० दिन भएको छ ।