• फाल्गुन २४ २०८२, आईतवार

प्रधानमन्त्री बन्न काठमाडाैं महानगरका मेयर बालेन शाहले राजीनामा दिँदै

पुष १३ २०८२, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् ।

मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको सबै प्रक्रिया पुर्‍याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने बताए ।
“उचित समय आएपछि मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ । महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता/१५ दिनभित्रै राजीनामा गर्नुहुन्छ,” उनले भने ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ । बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएपछि उनी संसदीय राजनीतिमा होमिँदै छन् ।