• फाल्गुन २४ २०८२, आईतवार

नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न व्यक्ति धनगढीबाट पक्राउ

पुष ७ २०८२, सोमबार

काठमाडौं । नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा फेक एकाउन्ट मार्फत साथी बनी नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो मागी थप अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउदा नाबालिकाले नमाने पश्चात उक्त तस्विर तथा भिडियो पीडितको साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलालीबाट पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।