चिसो मौसममा घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईहरु सबैले लिनुभएकै होला । सुन्तला खाँदा जति रसिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।
सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । सुन्तला मुटुलाई स्वस्थ्य राख्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक हुन्छ ।
नेपालको पहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ भने पेटसम्बन्धी समस्या, हड्डीसम्बन्धी समस्या, तौल बढ्ने जस्ता रोगका लागि बेफाइदा पनि हुन्छ ।
सुन्तला खानुका फाइदाः
उच्च रक्तचाप: सुन्तलामा पाइने ‘हेस्परिडिन’ भन्ने तत्वले उच्च रक्तचाप हटाउन सहयोग गर्छ ।
रोग प्रतिरोधात्मक क्षमता: सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
छालाको सुन्दरता: सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ ।
कोलेस्टेरोल: सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ ।
क्यान्सर: सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ ।स्वस्थ मुटु: सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पु¥याउँछ ।