• फाल्गुन २४ २०८२, आईतवार

संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ- महेश बर्तौला

पुष ५ २०८२, शनिबार

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् ।

संविधानको परिपालक र संरक्षकको जिम्बेवारीमा समेत रहेका राष्ट्रपतिको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण सार्वभौम नेपाली जनताको बिबेकको मतले निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्व संस्था प्रतिनिधिसभाको षडयन्त्रमुलक र असंवैधानिक ढङ्गबाट बिघटन भएको बताउदै यो केवल संसदको बिघटन मात्रै नभएर यो लोकतन्त्रको आत्मा माथीको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत भएको बताएका छन् ।

उनले भनेका छन्- ‘यद्यपी यसका बिरुद्ध संवैधानिक परिक्षण र उपचारको लागी दर्जनौं रिटहरु समेत सम्मानित अदालतमा दर्ता भइ बिचाराधिन अवस्थामा रहेको छ । तर यस अवस्थासम्मको संवैधानिक कमजोरी सम्माननीय राष्ट्रपतिज्युबाट नै भएकाले जुन बिन्दुबाट कमजोरी भएको हो सोही बिन्दुबाट त्यसलाई सच्याउन सम्माननीय राष्ट्रपतिज्युले अदालतमा बिचाराधिन रिटहरु माथिको आदेश कुरिरहनु पर्दैन , सम्माननीय राष्ट्रपतिज्यु स्वयमबाट संविधान सम्मत निर्णय हुन नसक्दा उत्पन्न संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्य गर्न सम्माननीय राष्ट्रपति ज्यु बाट नै संसद पुनर्स्थापना सम्बन्धी बिगतको नजिरका आधारमा समेत लोकतन्त्र , संविधान र राष्ट्रप्रतिको जवाफदेहितालाई शिरमा राख्दै अविलम्ब संसद पुनर्स्थापनको घोषणा गरी संसद को बैठक आह्वान गर्नु पर्दछ ।’

बर्तौलाले प्रतिनिधि सभाको पुनर्स्थापनानै मुलुकका सामु सिर्जित आजको जटिल परिश्थितिमा निकास भएको बताएका छन् । उनले तत्कालीन राजा ज्ञानेन्द्रले पनि २०५९ साल जेठ ८ गते बिघटन गरिएको प्रतिनिधि सभा (संसद) लाई अदालतको आदेश मार्फत नभइ २०६३ साल वैशाख ११ गते घोषणा मार्फत पुनर्स्थापना गरेको नजिर दिएका छन् ।