• फाल्गुन २४ २०८२, आईतवार

रवि २ करोड ७४ लाख बिगो जमानत र एक करोड धरौटीमा रिहा

पुष ४ २०८२, शुक्रबार

काठमाडाैं । रास्वपाका सभापति रवि लामछिाने धरौटीमा रिहा भएका छन् । शुक्रबार साँझ भैरहवा पुगेका लामिछाने जिल्ला अदालत रुपन्देहीमा प्रकृया पुर्याएर रिहा भएका हुन् ।

रिहा भएपछि लामिछानेले न्यायको लडाई जारी रहेको बताउँदै आफूले धेरै कुरा भन्न बाँकी रहेको र आउने दिनमा बताउने उल्लेख गरेका छन् ।

अदालत बाहिर लामिछानेलाई सयौं रास्वपा कार्यकर्ताले स्वागत गरेका  छन् । लामिछाने आजै चितवन जाने बताइएको छ । यसअघि भैरहवाको मौसम खराब भएका कारण लामिछाने भरतपुरसम्म जहाजमा र त्यसपछि गाडीमा भैरहवा पुगेका थिए ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

लामिछानेले यसअघिनै अदालतमा पेश गरेको २ करोड ७४ लाख ८४ हजार बिगो बापतको बैंक जमानत (ग्यारेन्टी) र एक करोड थप धरौटी राखेर रिहा भएका हुन् ।